बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म « Khabarhub

बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

प्रतियोगिता आगामी चैत्र २१ गतेदेखि २७ गतेसम्म गाउँपालिका–२ स्थित अमाही खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टिमको सहभागिता रहनेछ । 

प्रतियोगितामार्फत युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित बनाउने र बुढीगंगालाई फुटबलको उर्वर भूमि बनाउने उद्देश्य राखिएको गाउँपालिका अध्यक्ष जीत नारायण थापामगरले जानकारी दिए ।

मंगलबार बुढीगंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापामगरले गोल्ड कपलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना रहेको उल्लेख गरे । 

प्रतियोगिता सञ्चालनका लागि करिब ३९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : ५९ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित