युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ « Khabarhub

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन् । जेष्ठ नागरिकमाथि अभद्र ब्यवहार गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार ललितपुर गोदावारी नगरपालिका १० टाखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईँलाई पक्राउ गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा रहेका जेष्ठ नागरिकलाई उनले दुव्र्यवहार गरेका थिए ।

ती वृद्धाले त्यसअघि एमाले नेता कार्यकर्तामाथि नकारात्मक टिप्पणी गरेका थिए।

सार्वजनिक भएको भिडिओका आधारमा प्रहरीले पक्राउ गरे पनि उजुरी भने नपरेको बताइएको छ ।

उजुरी परेपछि म्याद थप गर्ने प्रहरीको तयारी छ । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ४३ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज