युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ « Khabarhub

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन् । जेष्ठ नागरिकमाथि अभद्र ब्यवहार गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार ललितपुर गोदावारी नगरपालिका १० टाखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईँलाई पक्राउ गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा रहेका जेष्ठ नागरिकलाई उनले दुव्र्यवहार गरेका थिए ।

ती वृद्धाले त्यसअघि एमाले नेता कार्यकर्तामाथि नकारात्मक टिप्पणी गरेका थिए।

सार्वजनिक भएको भिडिओका आधारमा प्रहरीले पक्राउ गरे पनि उजुरी भने नपरेको बताइएको छ ।

उजुरी परेपछि म्याद थप गर्ने प्रहरीको तयारी छ । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ४३ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने