नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य « Khabarhub

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

कुशल भुर्तेलले शतक प्रहार गर्दा रोहित पौडेल र कुशल मल्लको अर्धशतक


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ ।

सिंगापुरमा टस जितेर चीनले सुरुमा बलिङ गरेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।

महत्तवपूर्ण खेलमा चीनविरुद्ध ६ बलमा ६ वटै छक्का प्रहार गर्दै ओपनर कुशल भुर्तेलले नौ ओभर नयाँ रेकर्ड बनाएका छन् । कुशल चीनविरुद्ध १६ छक्कासहित ४३ बलमा १२९ रन बनाएर आउट भए ।

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाए । मल्लले पाँच छक्का र आठ चौकाको मद्दतमा ४७ बलमा ८५ रन बनाए भने कप्तान पौडेलले २१ बलमा सात छक्का र पाँच चौकाको मद्दतमा ६९ रन बनाए ।

नेपालका ओपनर आशिफ शेख भने १० बल खेल्दा ११ रन बनाएर आउट भएका थिए । चीनका लागि मा क्वानचेङ र देङ जिनकीले एकएक विकेट हात पारे । अन्य कुनै सबै बलर नेपालसँग चुटिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ८ : ५८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल