प्रसूति गृह र सामुदायिक भवन निर्माण « Khabarhub

प्रसूति गृह र सामुदायिक भवन निर्माण


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन् । निलगिरिखोला जलविद्युत आयोजनाको ६८ लाख ४९ हजार सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत् आयोजनाको प्रवर्द्धक निलगिरि खोला हाइड्रोपावरले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत भवन निर्माणमा सहयोग गरेको बताए ।

चारकोठे दुई तले प्रसूति गृह भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरेर प्रसूति गृह सञ्चालन गरेको छ । बाँसबोटमा निर्माण भएको सभाहलसहितको दुई तले भवनमा भेला, बैठक, तालिम, गोष्ठीका साथै भोजभतेर र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्थानीय तम चोचाङ्गीले बताए ।

बाँसबोटको भवन निर्माणका लागि स्थानीय डिलमाया तिलिजाले चार रोपनी आठ आना जग्गा निःशूल्क उपलब्ध गराउनुभएको थियो । आयोजनाले वडा कार्यालयको सिफारिस र प्रभावित क्षेत्रका बासिन्दाको मागअनुसार अन्य स्थानीय विकास निर्माण तथा सामाजिक क्षेत्रमा पनि सहयोग गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १० : ५४ बजे

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको