कंक्रिटमय काठमाडौंमा तोप चराको आकर्षक गुँड (तस्बिरहरू) « Khabarhub

कंक्रिटमय काठमाडौंमा तोप चराको आकर्षक गुँड (तस्बिरहरू)


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तोप चरा (बया विभर) आफ्नो कलात्मक गुँड बुन्ने अद्भुत सीपका कारण परिचित चरामध्ये एक हो । प्रजनन मौसम सुरु भएसँगै भाले तोप चराहरू हरियो घाँसका डाँठहरू प्रयोग गरी आकर्षक र झुन्डिएका गुँड निर्माण गर्न व्यस्त देखिन्छन् । 

यी गुँड उनीहरूको वासस्थान मात्र नभई जोडी आकर्षित गर्ने माध्यम पनि हुन् । गर्मीयामको आगमनसँगै तोप चराहरू प्रजनन गतिविधिमा सक्रिय हुन्छन् र यही समयमा गुँड निर्माणको काम तीव्र रूपमा सुरु हुन्छ ।

काठमाडौंको बल्खु क्षेत्रस्थित झलनाथ वे पुल नजिक रहेका रुखहरूमा तोप चराहरूले गुँड बनाउँदै गरेको दृश्य देख्न सकिन्छ। वरपरका जलक्षेत्र, खुला मैदान र वनस्पतिले यिनका लागि उपयुक्त वासस्थान प्रदान गरेका छन् । 

भाले चराले पोथीलाई आकर्षित गर्न र प्रजननका लागि गुँड निर्माण गर्छ। पोथीले गुँडको बनावट, मजबुती र सौन्दर्यका आधारमा आफ्नो जोडी छनोट गर्ने भएकाले भालेहरू उत्कृष्ट गुँड बनाउन प्रतिस्पर्धा गर्छन् । 

आफ्नै चुच्चोको सहायताले हरियो घाँसका रेशा बुन्दै भाले चराले कलात्मक गुँड तयार पार्छ। हावामा झुन्ड्याइएका यी गुँडहरूले सर्पजस्ता शत्रु तथा प्रतिकूल मौसमबाट बच्न समेत मद्दत पुर्‍याउँछन् । 

प्रकृतिका कुशल शिल्पी मानिने तोप चराको यो मेहनत, धैर्यता र सिर्जनशीलताले जोकोहीलाई आकर्षित गर्छ। 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १ : ३० बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना