कंक्रिटमय काठमाडौंमा तोप चराको आकर्षक गुँड (तस्बिरहरू) « Khabarhub

कंक्रिटमय काठमाडौंमा तोप चराको आकर्षक गुँड (तस्बिरहरू)


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तोप चरा (बया विभर) आफ्नो कलात्मक गुँड बुन्ने अद्भुत सीपका कारण परिचित चरामध्ये एक हो । प्रजनन मौसम सुरु भएसँगै भाले तोप चराहरू हरियो घाँसका डाँठहरू प्रयोग गरी आकर्षक र झुन्डिएका गुँड निर्माण गर्न व्यस्त देखिन्छन् । 

यी गुँड उनीहरूको वासस्थान मात्र नभई जोडी आकर्षित गर्ने माध्यम पनि हुन् । गर्मीयामको आगमनसँगै तोप चराहरू प्रजनन गतिविधिमा सक्रिय हुन्छन् र यही समयमा गुँड निर्माणको काम तीव्र रूपमा सुरु हुन्छ ।

काठमाडौंको बल्खु क्षेत्रस्थित झलनाथ वे पुल नजिक रहेका रुखहरूमा तोप चराहरूले गुँड बनाउँदै गरेको दृश्य देख्न सकिन्छ। वरपरका जलक्षेत्र, खुला मैदान र वनस्पतिले यिनका लागि उपयुक्त वासस्थान प्रदान गरेका छन् । 

भाले चराले पोथीलाई आकर्षित गर्न र प्रजननका लागि गुँड निर्माण गर्छ। पोथीले गुँडको बनावट, मजबुती र सौन्दर्यका आधारमा आफ्नो जोडी छनोट गर्ने भएकाले भालेहरू उत्कृष्ट गुँड बनाउन प्रतिस्पर्धा गर्छन् । 

आफ्नै चुच्चोको सहायताले हरियो घाँसका रेशा बुन्दै भाले चराले कलात्मक गुँड तयार पार्छ। हावामा झुन्ड्याइएका यी गुँडहरूले सर्पजस्ता शत्रु तथा प्रतिकूल मौसमबाट बच्न समेत मद्दत पुर्‍याउँछन् । 

प्रकृतिका कुशल शिल्पी मानिने तोप चराको यो मेहनत, धैर्यता र सिर्जनशीलताले जोकोहीलाई आकर्षित गर्छ। 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १ : ३० बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा