‘इरानले अमेरिकी लडाकु विमान काँधबाटै हान्न मिल्ने चिनियाँ मिसाइलले खसालिदियो’ « Khabarhub

‘इरानले अमेरिकी लडाकु विमान काँधबाटै हान्न मिल्ने चिनियाँ मिसाइलले खसालिदियो’


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

वाशिंगटन- गत महिना दक्षिणपश्चिमी इरानमाथि अमेरिकी एफ-१५ लडाकु विमान खसाल्न सम्भवतः चिनियाँ निर्मित काँधबाट प्रक्षेपण गर्न सकिने मिसाइल प्रयोग गरिएको समाचार सार्वजनिक भएको छ।

अम‍ेरिकाको चर्चित अनलाइन एनबीसी न्यूजका अनुसार काँधबाट हान्न सकिने उक्त मिसाइले त्यो अत्याधुनिक लडाकु विमान खसालेको विवरण मिलेको हो ।

संघर्षको शुरुवाती दिनहरूमा चीनले इरानलाई स्टेल्थ विमान पत्ता लगाउने लामो दूरीको प्रारम्भिक चेतावनी राडार पनि उपलब्ध गराएको हुन सक्ने अमेरिकी पक्षको अनुमान छ ।

अमेरिकी अधिकारीहरू अझै पनि गत अप्रिलमा अमेरिकी एफ-१५घई स्ट्राइक इगल विमान खसालिएको घटनाको परिस्थितिबारे अनुसन्धान गरिरहेका छन्। यो दशकौँपछि पहिलो पटक अमेरिकी लडाकु विमान शत्रुको गोलीबाट खसालिएको घटना हो।

लडाकु विमान खसाल्ने यो सैन्य उपकरण चीनबाट कहिले हस्तान्तरण गरियो भन्ने स्पष्ट छैन। तर इरानले चीनमा निर्मित हतियार प्रयोग गरेकोले दुई देशबीचको सम्बन्धलाई जटिल बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको सहयोग खोजिरहेका बेला उनको फाइटर जेट झारिएको हो ।

युद्ध समाप्त गर्नका लागि वार्ता भइरहेको छ, तर अमेरिकाले आफ्नो रक्षाका लागि भन्दै निरन्तर हवाई हमला गरिरहेको छ।

ट्रम्प प्रशासनले राष्ट्रपति सी चिनफिङसँग महत्वपूर्ण बैठकअघि इरानसँग युद्धविराम भएको थियो। इरानी तेल निर्यातको प्रमुख खरिदकर्ता भएको नाताले चीनका नेताहरूले युद्ध छिट्टै समाप्त हुनुपर्ने बताएका छन्।

‘हामी विश्वव्यापी तेल मूल्यको प्रभावबाट पूर्ण मुक्त छैनौँ किनकि हामी पनि विश्व बजारबाट किन्छौँ, तर संसारका अन्य देशहरूले धेरै बढी मूल्य तिरिरहेका छन्,’ विदेशमन्त्री मार्को रुबियोले चीन भ्रमणका क्रममा एनबीसी न्यूजलाई भनेका थिए, ‘उनीहरूले पनि यसमा संलग्न हुनुपर्छ।’

तर रुबियोले ट्रम्प अहिले सी चिनफिङमा निर्भर नभएको बताएका थिए । ‘हामी चीनको सहयोग मागिरहेका छैनौँ। हामीलाई उनीहरूको सहयोग आवश्यक छैन’, उनले भनेका थिए ।

विमान खसालिएको बेला ट्रम्पले यो काँधबाट प्रक्षेपण गर्न सकिने मिसाइलले प्रहार गरेको बताएका थिए। करिब ७ फिट लामो र ४० पाउन्ड तौलको यस्ता हतियारलाई ‘म्यान प्याड्स’ पनि भनिन्छ, जसले कम उचाइमा उडेका विमानलाई सस्तो र प्रभावकारी रुपमा खसाल्न सक्छ।

त्यसबेला एफ-१५ विमानका दुई सदस्यहरूले सुरक्षित रूपमा इजेक्ट गरेका थिए। पेन्टागनका अनुसार पाइलटलाई ७ घण्टाभित्र उद्धार गरियो, तर हतियार प्रणाली अधिकारीलाई जाग्रोस माउन्टेनको पहाडी क्षेत्रमा दुई दिनपछि मात्रै फेला पारेर उद्धार गरिएको थियो ।

ह्वाइट हाउसले एनबीसी न्यूजलाई राष्ट्रपति ट्रम्पले फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको टिप्पणीबारे पनि बोलेको थियो ।

त्यसबेला ह्वाइट हाउसले राष्ट्रपति सी चिनफिङले चीनले इरानलाई कुनै सैन्य उपकरण नदिने आश्वासन दिएको बताएका थिए।

ह्वाइट हाउसमा गरेको अर्को टिप्पणीमा ट्रम्पले भनेका थिए: ‘राष्ट्रपति सीले मलाई हतियार नपठाउने प्रतिज्ञा गर्नुभएको छ। यो सुन्दर प्रतिज्ञा हो। म उहाँको शब्दमा विश्वास गर्छु।’

एफ-१५ खसालिएको विषयमा चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्, ‘चीन सैन्य उत्पादन निर्यातमा सधैं सतर्क र जिम्मेवार रहन्छ । चीनको कानुन तथा अन्तर्राष्ट्रिय दायित्व अनुसार कडा नियन्त्रण गर्छ। चीन निराधार आरोप र दुर्भावनापूर्ण सम्बन्ध जोड्ने कार्यको विरोध गर्छ।’

अमेरिकी गुप्तचर रिपोर्ट अनुसार चीनले आगामी हप्ताहरूमा इरानलाई नयाँ एयर डिफेन्स हतियार उपलब्ध गराउने योजना बनाइरहेको थियो ।

काँधबाट प्रक्षेपण हुने मिसाइल हालै इरानलाई दिइएको हो वा वर्षौँअघि स्टकमा रहेका पुराना हतियारबाट प्रयोग गरिएको हो भन्ने स्पष्ट छैन। राडार (वाईएलसी-८बी) युद्धका क्रममा प्रयोगमा आएको हो वा होइन पनि स्पष्ट छैन।

गत महिना ट्रम्प प्रशासनले चीनले इरानलाई आफ्ना उपग्रहहरू उपलब्ध गराएर अमेरिकी सेनालाई लक्षित गर्न सहयोग गरेको आरोप लगाएको थियो। अमेरिकी विदेश मन्त्रालयले तीन चिनियाँ उपग्रह कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो। चीनले आरोप अस्वीकार गरेको छ।

‘अमेरिका चीनले इरानलाई के गरिरहेको छ भन्ने सबै कुरा जानकार छ’, एक अमेरिकी अधिकारीले बताए, ‘चीनले युद्धअघि पनि इरानलाई सहयोग गरिरहेको थियो । युद्धका क्रममा दिइएको सहयोगले युद्धक्षेत्रमा कुनै ठूलो प्रभाव पारेको छैन।’

‘यो महत्वपूर्ण सहयोग थिएन। यसले कुनै निर्णायक सैन्य प्रभाव पारेन,’ ती अधिकारीले भने।

चीनले १९८० र १९९० को दशकमा इरानलाई ठूलो मात्रामा हतियार बेचेको थियो, जसमा ब्यालिस्टिक मिसाइल, एन्टी-शिप मिसाइल, ट्याङ्क, तोप र लडाकु विमान समावेश थिए।

तर २००६ मा संयुक्त राष्ट्रसंघले इरानमाथि हतियार प्रतिबन्ध लगाएपछि चीन ठूला हतियार बिक्रीबाट पछि हटेको । त्यसपछि चीनले दोहोरो उपयोग (नागरिक र सैन्य) हुने प्रविधि तथा कम्पोनेन्टहरू उपलब्ध गराउन थाल्यो।

इरानले आफ्नै देशभित्र हतियार उत्पादन उद्योग विकास गरेको छ। चीनले अमेरिकी प्रतिबन्धका बाबजुद पनि वर्षौंदेखि इरानलाई आर्थिक रूपमा सहयोग दिइरहेको छ । चीनले प्रविधि र दोहोरो उपयोगका सामग्री उपलब्ध गराएर इरानको आन्तरिक निगरानी प्रणाली र सैन्य क्षमता बलियो बनाउन मद्दत गरेको छ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १ : २६ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त