प्रधानमन्त्रीले भने : लिपुलेकबारे इतिहासविदसहित भारत वार्तामा बस्न तयार भयो, इङ्ल्यान्डसँग पनि कुरा हुँदैछ « Khabarhub

प्रधानमन्त्रीले भने : लिपुलेकबारे इतिहासविदसहित भारत वार्तामा बस्न तयार भयो, इङ्ल्यान्डसँग पनि कुरा हुँदैछ


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले अतिक्रमणको अवस्थामा रहेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुराबारे भारत वार्ता गर्न तयार भएको बताएका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालको प्रश्नको जवाफ दिँदै व्यापारिक मार्ग खोल्न लिपुलेकबारे भएको भारत-चीन सहमतिबारे कूटनीतिक नोट पठाइएको जानकारी दिए ।

‘लिपुलेक र लिम्पियाधुरासम्बन्धी सवालमा नेपाल सरकारले डिप्लोम्याटिक नोट पठाएको थियो । त्यसमा भारतले हामीलाई जवाफ पठाएको छ’, उनले भने, ‘यसमा भारतले हामीलाई जवाफ पठाएको छ। उसले इतिहासविद र भूमिसम्बन्धी विज्ञ राखेर टेबल टक गर्ने, कूटनीतिक संवाद गर्ने भनेर जवाफ पठाएको छ।’

उनले सुगौली सन्धिदेखिको विवाद भएकाले यसमा भारतलाई उपनिवेश बनाएर बसेको इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरिएको बताए ।

‘यसमा इङ्लयान्डले पनि चासो राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘हामीले यसबारेमा इङ्ल्यान्डमा जोडिनुपर्छ भनेका छौँ । किनभने इङ्ल्यान्डसँग ती भूमिबारे सहमति भएको हो।’

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १ : ५० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी