आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो « Khabarhub

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो ।

राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै डिजेलको मूल्य ३९२ रुपैयाँबाट बढेर ४०७ रुपैयाँ प्रति लिटर कायम गरिएको छ ।

यो मूल्य वृद्धि आईएमएफले श्रीलंकालाई दिइएको २.९ अर्ब डलरको राहत प्याकेजअन्तर्गत ६९५ लाख डलरको अर्को किस्ता जारी गरेको केही दिनपछि आएको हो । सन् २०२३ को सुरुमा सुरु भएको यो कार्यक्रमले आर्थिक संकटमा परेको देशलाई स्थिर बनाउने लक्ष्य राखेको  छ।

आईएमएफले श्रीलंकालाई इन्धन र विद्युत् दुवै क्षेत्रमा लागत अनुसार मूल्य समायोजन गर्न दबाब दिँदै आएको छ। सरकारले ऊर्जा क्षेत्रमा दिइँदै आएको अनुदान हटाउने प्रक्रिया अघि बढाउने बताएको छ ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले आईएमएफलाई पठाएको पत्रमा सेप्टेम्बर महिनासम्म इन्धन अनुदान पूर्ण रूपमा हटाइने उल्लेख गरे ।

विश्लेषकहरूका अनुसार फेब्रुअरी २८ पछि मध्यपूर्वमा देखिएको तनावका कारण ऊर्जा आपूर्तिमा असर परेको छ, जसले श्रीलंकाको आयातमा निर्भर अर्थतन्त्रलाई थप दबाबमा पारेको छ ।

श्रीलंकाले आफ्नो सम्पूर्ण इन्धन आयात गर्छ र विद्युत् उत्पादनका लागि कोइलामा पनि निर्भर छ। सन् २०२२ मा देशले ४६ अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट गरेको थियो । त्यसयता आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयास जारी छ । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  २ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको