निजी स्कुल नरोज्ने दिन पनि आउला : अर्थमन्त्री डा. वाग्ले « Khabarhub

निजी स्कुल नरोज्ने दिन पनि आउला : अर्थमन्त्री डा. वाग्ले


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै दिन कसैले पनि निजी स्कुल नरोज्ने दिन आउन सक्ने बताएका छन् ।

आइतबार सिँहदरबारबारमा पत्रकारहरूसँग अन्तरक्रिया गर्ने क्रममा डा वाग्लेले समता कोषको विषयमा उठेको प्रश्नको जवाफ दिँदै सो बताएका हुन् ।

उनले समताकोषको रूपमा संकलन गरिएको रकम सीमान्तकृत समुदायका बालबालिकाको निम्ति खर्च गरिने बताए । 

‘हामीले के भन्यौँ भने निजी स्कुलमा पढ्ने, २ हजार शुल्क तिर्ने, महँगा–महँगा पनि थाहा छ हामीलाई, ४० हजार/५० हजार, महँगो तिर्नेले महँगै तिर्छ, ३ प्रतिशत भनेको त्यही अनुपातमा भयो, त्यो मानेमा यो प्रगतिशील पनि हो’, उनले भने, ‘त्यो दैलेखको, जाजरकोटको, मुगुको बालबालिकाको लागि पौष्टिक आहार होस ।’

उनले निजी र सामुदायिक विद्यालयबीचको विभेदको अन्त्यका लागि सो गरिएको पनि बताएका छन् ।

‘मध्यमवर्गको ढाड सेक्नेगरी कर लगायो वाग्लेले भन्ने भन्दा तपाईँको सानो योगदानले निजी र सामुदायिक विद्यालयबीचको विभेद, ताकि यताको स्थिति सुधार्नु त छँदै छ’, उनले भने, ‘कुनै दिन यस्तो पनि आउला कि कोहीले पनि निजी स्कुल नरोज्ने दिन पनि आउला ।’
 

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ४ : ०१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली