निजी स्कुल नरोज्ने दिन पनि आउला : अर्थमन्त्री डा. वाग्ले « Khabarhub

निजी स्कुल नरोज्ने दिन पनि आउला : अर्थमन्त्री डा. वाग्ले


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै दिन कसैले पनि निजी स्कुल नरोज्ने दिन आउन सक्ने बताएका छन् ।

आइतबार सिँहदरबारबारमा पत्रकारहरूसँग अन्तरक्रिया गर्ने क्रममा डा वाग्लेले समता कोषको विषयमा उठेको प्रश्नको जवाफ दिँदै सो बताएका हुन् ।

उनले समताकोषको रूपमा संकलन गरिएको रकम सीमान्तकृत समुदायका बालबालिकाको निम्ति खर्च गरिने बताए । 

‘हामीले के भन्यौँ भने निजी स्कुलमा पढ्ने, २ हजार शुल्क तिर्ने, महँगा–महँगा पनि थाहा छ हामीलाई, ४० हजार/५० हजार, महँगो तिर्नेले महँगै तिर्छ, ३ प्रतिशत भनेको त्यही अनुपातमा भयो, त्यो मानेमा यो प्रगतिशील पनि हो’, उनले भने, ‘त्यो दैलेखको, जाजरकोटको, मुगुको बालबालिकाको लागि पौष्टिक आहार होस ।’

उनले निजी र सामुदायिक विद्यालयबीचको विभेदको अन्त्यका लागि सो गरिएको पनि बताएका छन् ।

‘मध्यमवर्गको ढाड सेक्नेगरी कर लगायो वाग्लेले भन्ने भन्दा तपाईँको सानो योगदानले निजी र सामुदायिक विद्यालयबीचको विभेद, ताकि यताको स्थिति सुधार्नु त छँदै छ’, उनले भने, ‘कुनै दिन यस्तो पनि आउला कि कोहीले पनि निजी स्कुल नरोज्ने दिन पनि आउला ।’
 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ४ : ०१ बजे

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान