आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेका छौँ : मुख्यमन्त्री बानियाँ  « Khabarhub

आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेका छौँ : मुख्यमन्त्री बानियाँ 


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताएका छन् ।

चितवनस्थित प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमन तथा निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री बानियाँले उद्योग तथा व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याइने जानकारी दिए । उनले व्यवसायीलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत उद्योगमैत्री कार्यक्रमहरू समावेश गरिने बताए ।

मुख्यमन्त्री बानियाँका अनुसार वातावरण तथा पर्यापर्यटनसँग सम्बन्धित २५ करोड रुपैयाँभन्दा कम लगानीका उद्योगहरूलाई बैंकिङ ब्याजमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ ।

यस्ता उद्योगहरूलाई सहुलियतपूर्ण कर्जाको पहुँचमा पुर्‍याउने नीति प्रदेश सरकारले अघि बढाएको उनले बताए ।

उनले ऊर्जा क्षेत्रको व्यवस्थापन गर्दै ऊर्जालाई उत्पादनसँग जोड्ने योजनामा प्रदेश सरकार रहेको उल्लेख गरे ।

उद्योग निरीक्षणका क्रममा उद्योगीहरूलाई राज्यको सहयोग आवश्यक रहेको भन्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ३ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको