सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले « Khabarhub

सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको पुँजीगत लाभकर अन्तिम कर हुने सम्बन्धी विषय अन्तिम नै भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले व्यवस्था गरिएको विषयमा भ्रम छर्न खोजिएको भन्दै सम्बन्धित पक्षको आग्रहमा नै सो व्यवस्था गरिएको बताएका हुन् ।

‘फाइनल भन्यो वाग्लेले होइन रहेछ क्या हो भनेर लेख देखे २/४ वटा फाइनल नै हो हजुर फाइनल हो । फाइनल गर्दिनुस् ५ प्रतिशत हामी अतिरिक्त विन्दु तिर्न तयार छौँ भनेर लाइन लागेर मकहाँ डेलिगेसन आउने साथीहरू यहीँ सिंहदरबार बाहिर हुनुहुन्छ, फाइनल चाहिँ गर्दिनुस्, यो तरबार सधैँ हामीमाथि झुण्डिराखोस बरु इन्डियामा १० र २० छ सर्ट टर्म र लङ टर्मको, हामीकहाँ ५ लाई १० नै पुर्याइदिए पनि हुन्छ ७.५ लाई १२–१५ नै पुर्याइदिए पनि हुन्छ, यो अनिश्चितता भयको बादल हटाइदिनुस् भनेपछि हामीले बडो उदारतापूर्वक ५ लाई जम्मा साढे ७ र साढे ७ लाई जम्मा १० प्रतिशत गरेर फाइनल सिल डन’, उनले भने ।

उनले स्पष्ट रूपमा काम गर्दा पनि भ्रम छरिएको बताए । साथै, उनले धेरै फर्म कम्पनी भएको अवस्थामा सेयर बजारबाट आएको आम्दानी खुलाउन सकिने पनि बताए ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ४ : ३३ बजे

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको