विद्युत पूर्वाधारमा लगानी गर्नको लागि कर लगाइएको हो : अर्थमन्त्री « Khabarhub

विद्युत पूर्वाधारमा लगानी गर्नको लागि कर लगाइएको हो : अर्थमन्त्री


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिजुलीको पूर्वाधारमा लगानी गर्नको लागि बिजुलीको उपभोगमा थोरै कर लगाइएको बताएका छन् । आइतबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै थोरै मात्रै रकम संकलन गरिएको उनले बताए ।

‘२०/३० युनिटसम्म त फ्री नै भइहाल्यो, ५० युनिटसम्म कर लाग्दैन, ५१ देखि १५० युनिटसम्म हाम्रो १२ लाख घरधुरी रहेछन्, औसत सहरी वा अर्धसहरी घरधुरी जसले पानी तान्ने पम्प, सामान्य विद्युतीय उपकरण र सामान्य खाना पकाउन बिजुली प्रयोग गर्छन् । उनीहरूको बिलमा १५० युनिट खपत गर्ने ५ प्रतिशतको भ्याटले जम्मा २४ रुपैयाँ बढ्ने हो’, उनले भने ।

अर्को १५१ देखि २५० युनिट खपत गर्ने २ लाख जति भएकोमा उनीहरूलाई २५ देखि सय रुपैयाँसम्म पर्ने उनले बताए । ५० युनिटसम्मको फ्री दिइएको हुँदा ५ प्रतिशत कसैको पनि नपुग्ने उनले बताए । उनले पछिका दिनमा भ्याट बापत लाग्ने रकम मूल्यमा नै समायोजन हुनसक्ने पनि बताएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ४ : १८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली