गम्भीर विवादमा प्रधानमन्त्री, आलोचना र विरोध चर्किँदा रास्वपा नेताहरू ‘तैँ चुप मै चुप’ « Khabarhub

गम्भीर विवादमा प्रधानमन्त्री, आलोचना र विरोध चर्किँदा रास्वपा नेताहरू ‘तैँ चुप मै चुप’


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सिमाना पनि मिचेको भनेर प्रतिनिधिसभामा बोलेपछि देशभर उनको आलोचना भइरहेको छ ।

विभिन्न दलका नेता र सर्वसाधारणले प्रधानमन्त्रीको राजीनामादेखि अभिव्यक्ति सच्याउन र माफी माग्न आफ्नो धारणा दिइरहेका छन्।

यसै विषयमा कुराकानी गर्न हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका पाँचजना नेताहरूलाई टेलिफोन सम्पर्क गरेका थियौँ। तर, ती नेताहरू खबरहबसँग मुख खोल्न तयार भएनन् ।

धेरै नेताहरूले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीले यसबारे छलफल गरेर धारणा सार्वजनिक गर्ने जानकारी गराएका छन्। तर उनीहरूले आफ्नो नामसहित भनाइ सार्वजनिक गर्न अप्ठेरो माने।

पार्टीका महामन्त्री सह-महामन्त्री र अरु नेताहरूलाई समेत टेलिफोन सम्पर्क गर्दा उनीहरूले यसबारे पार्टीमा छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारे।

मौनता

प्रधानमन्त्रीको भनाइप्रति अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू सबैजसो मौन छन्। तर उनीहरूमा उकुसमुकुस भने देखिन्छ ।

बालेनले संसद्मा ड्याङ्दै बोलिदिएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई समस्या भएको छ।

सीमासम्बन्धी पनि सरोकारवाला मन्त्रालय सम्हाललेकी रावल प्रधानमन्त्रीको भनाइले तनावमा परेकी छन् ।

उनको सचिवालयका एक सदस्यलाई भारतको कुन कुन भूभाग नेपालले मिचेको रहेछ भन्ने प्रश्न हामीले गर्‍यौँ । जवाफमा उनले भने, ‘हामीलाई यसबारे जानकारी भएन, मन्त्रीज्यूलाई सोध्नुपर्छ।’

स्रोतले दिएको जानकारी अनुसार कतैकतै नेपालले भारतको भूभाग मिचिएको भन्ने विषयमा उजुरी परेको थियो।

भूमि मन्त्रालयका एक अधिकारीका अनुसार सरकारसँगै पनि आधिकारिक रुपमा कहाँ र कुन भारतीय भूभाग मिचेको भन्ने स्पष्ट विवरण छैन ।

‘हाम्रोमा नभई अन्त कतै उजुरी परेको थियो होला तर अरू हामीलाई केही जानकारी भएन । प्रधानमन्त्रीज्यूले के-का आधारमा बोल्नुभयो हामीलाई थाहा भएन’, मन्त्रालयका ती अधिकारीले भने ।

रास्वपाका धेरैजना नेताहरूले पार्टी सभापति रवि लामिछानेसँग सल्लाहपछि आफूहरूले धारणा सार्वजनिक गर्ने बताएका छन् ।

‘यो गम्भीर विषय हो, प्रधानमन्त्रीले यसरी बोल्नु हुने थिएन। सभापतिज्यूसँग सल्लाहपछि आफ्नो कुरा राख्छौं’, रास्वपाका एक पदाधिकारीले भने, ‘यसलाई हामीले सामान्य विषय ठानेका छैनौँ। हामी देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध छौँ।’

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ७ : २० बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा