आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात « Khabarhub

आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र गुजरात टाइटन्सबीच अहमदाबादमा प्रतिस्पर्धा भइरहेको छ ।

बेंगलुरुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टिम कुनै पनि परिवर्तनबिना मैदानमा उत्रिएको छ । यता गुजरात टाइटन्सको टोलीमा साई किशोरको स्थानमा अरशद खानलाई समावेश गरिएको छ ।

खेलको सुरुवाती ३.४ ओभरपछि गुजरातले २ विकेट गुमाएर २६ रन बनाएको छ । निशान्त सिन्धु क्रिजमा छन् भने शुभमन गिल १० रन र साई सुदर्शन १२ रन बनाएर आउट भएका छन् ।

नरेंद्र मोदी स्टेडियममा दुवै टोलीसँग दोस्रो पटक उपाधि जित्ने अवसर रहेको छ । बेंगलुरुले पछिल्लो सिजन पहिलो पटक उपाधि जितेको थियो भने गुजरात टाइटन्सले आफ्नो पहिलो सिजन २०२२ मै च्याम्पियन बन्न सफल भएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ८ : १५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण