रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा « Khabarhub

रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणाममुखी संवादको अपेक्षा गरेको जनाएको छ।

भाजपाले आइतबार जारी गरेको विज्ञप्तिमा दुई दलबीचको यो भेटवार्ताले आपसी समझदारी, सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। विशेषगरी क्षेत्रीय तथा अन्तरपार्टी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा यस भ्रमणलाई हेरिएको छ।

रास्वपा सभापति रवि लामिछाने भाजपाका नेता नीतिन नवीनको निमन्त्रणमा जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा लगायत सहभागी रहनेछन्।

भ्रमणका क्रममा दुई पक्षबीच राजनीतिक अनुभव आदानप्रदान, लोकतान्त्रिक अभ्यास, विकासका मुद्दा तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, यसले नेपाल र भारतका राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरिएको छ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ९ : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले