रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा « Khabarhub

रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणाममुखी संवादको अपेक्षा गरेको जनाएको छ।

भाजपाले आइतबार जारी गरेको विज्ञप्तिमा दुई दलबीचको यो भेटवार्ताले आपसी समझदारी, सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। विशेषगरी क्षेत्रीय तथा अन्तरपार्टी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा यस भ्रमणलाई हेरिएको छ।

रास्वपा सभापति रवि लामिछाने भाजपाका नेता नीतिन नवीनको निमन्त्रणमा जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा लगायत सहभागी रहनेछन्।

भ्रमणका क्रममा दुई पक्षबीच राजनीतिक अनुभव आदानप्रदान, लोकतान्त्रिक अभ्यास, विकासका मुद्दा तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, यसले नेपाल र भारतका राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरिएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ९ : ३० बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट