एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा « Khabarhub

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ ।

प्रतिनिधिसभा नियमावली पारित गरेपछि बसेको दोस्रो बैठकमा विपक्षीहरूले प्रधानमन्त्री शाह र सभामुखविरुद्ध एमाले सांसदले नाराबाजी गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीलाई देशद्रोही भनेका छन् । यस्तै, सभामुख डीपी अर्याललाई दलीय पक्षधरता लिएको आरोप लगाएका हुन् ।

संसद्मा आइतबार प्रधानमन्त्री बालेनले सीमा सम्बन्धी प्रश्नोत्तरमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए ।

त्यसको विरोधमा एमालेले उनलाई राष्ट्रद्रोही भनेको हो । यस्तै, विपक्षीहरूको अवरोधकाबीच प्रतिनिधिसभा नियमावली पारित गरेपछि दलीय पक्षधरता लिएको आरोप लगाएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १० : २७ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ