ब्ल्याक बेल्ट कमिटी रुपन्देहीमा मेख बहादुर क्षेत्री | Khabarhub Khabarhub

ब्ल्याक बेल्ट कमिटी रुपन्देहीमा मेख बहादुर क्षेत्री


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्ल्याक बेल्ट कमिटि रुपन्देहीको दोस्रो अधिवेशन शुद्धोधन गाउँपालिका वडा नं. २ रुपन्देहीमा सम्पन्न भएको छ ।

जापान गोजुरियो कराते डो केन्वाकाई संघ, नेपालका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही प्रमुख प्रशिक्षक रवि रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले मेख बहादुर क्षेत्रीको अध्यक्षतामा ९ पूर्ण र २ बैकल्पिक गरी ११ सदस्यीय समिति चयन गरेको हो ।

समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विमल श्रेष्ठ, आशिष गौतम, होम गुरुङ, मन्दिरा क्षेत्री चयन भएका छन् । पूर्ण सदस्यहरुमा मनिस पाण्डे, अनुपम ज्ञवाली, निर्मला बराल, सुजन पराजुली चयन भएका छन् भने बैकल्पिक सदस्यहरुमा अंकिता केसी र अनिस केसी चयन भएका छन् ।

सल्लाहाकारहरुमा यम कुमारी थापा मगर, सुजन घिमिरे, मिलन निहुरे, सागर थापा मगर र गणेश थापा रहनु भएको छ । उक्त अधिवेशनमा जापान गोजुरियो कराते डो केन्वाकाई संघ, नेपालका केन्द्रीय सदस्य तथा एशियन रेफ्री सन्दिप थापा, खेलप्रेमी तथा युवा व्यवसायी मिलन निहुरे, पूर्व खेलाडी तथा समाजसेवी गणेश थापा, अभिभावक बिजेन्द्र अर्याल र विकास थापाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा महिला हिंसा विरुद्धको १ महिने आत्मरक्षा तालिममा प्रशिक्षकको रुपमा सहभागी भएका मेख बहादुर क्षेत्री, होम गुरुङ, अशिष गौतम र गणेश थापालाई प्रमुख अतिथिद्वारा खादा लगाई सम्मान गरिएको थियो । यम कुमारी थापा मगरको अध्यक्षता, मन्दिरा क्षेत्रीको स्वागत र मेख बहादुर क्षेत्रीको सञ्चालनमा उक्त अधिवेशन सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : १४ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,