शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा « Khabarhub

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने निर्णयको स्वागत गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति थापाले सरकारले समता कर खारेज गर्ने निर्णय गर्नु सकारात्मक र उपयुक्त कदम भएको बताएका हुन् ।

सरकारको उक्त निर्णयले सर्वसाधारणलाई राहत पुर्‍याउने उनको विश्वास छ । सभापति थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रलाई पूर्ण रूपमा अलग राख्न सकिने अवस्था नरहेको गरे ।

उनले निजी सेवा उपयोग गर्नेहरूसँग कर उठाएर अन्य वर्गलाई मद्दत गर्ने सोच सुरुदेखि नै व्यावहारिक र सही नभएको कांग्रेसले भन्दै आएको धारणा राखे ।

यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको तीन प्रतिशत समता कर लागू नहुने उल्लेख गरेका थिए ।

यसै आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  यस किसिमको कर लगाइने घोषणा गरेका थिए ।

सरकारले शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक एवम् महत्वपूर्ण क्षेत्रमा समेत कर थोपरेको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो । सोही सन्दर्भमा प्रधानमन्त्री शाहले उक्त कर फिर्ताको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : २७ बजे

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की