खतरनाक दुर्घटना– घरको छानामा कसरी पुग्यो मोटरसाइकल ? « Khabarhub

खतरनाक दुर्घटना– घरको छानामा कसरी पुग्यो मोटरसाइकल ?


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा आज माथिको तस्वीर भाइरल बनेको छ ।

एउटा मोटरसाइकल गम्भीर खालको दुर्घटनामा परेको र दुर्घटना अलि अनौठो खालको भएका कारण पनि यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हुन सक्छ ।

तस्वीरका अनुसार एउटा मोटरसाइकल जस्तापाताले छाइएको घरको छानामा छिरेको देख्न सकिन्छ भने त्यही छानामा हेल्मेट लगाएका सायद मोटरसाइकल चालक र अर्का एक व्यक्तिलाई देख्न सकिन्छ ।

आखिर कसरी मोटरसाइकल घरको छानोमा पुग्यो भन्ने प्रश्न सबैले उठाएका छन् ।

सडक भन्दा तल रहेको घरमा तिब्र गतिमा रहेको मोटरसाइकल खसेको हुन सक्ने अनुमान गरिएको छ ।

मोटरसाइकल जस्तापाता बाट भित्र छिरेर अडिएको छ ।

यो दुर्घटना इलामको नेपालटारमा भएको हो । र दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।

इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।

दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको नेपाली कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले खबरहबलाई जानकारी दिए ।

तीव्र गतिमा रहेको मोटरसाइकल मोड्ने क्रममा दुर्घटनामा परेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : १३ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी