देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते  « Khabarhub

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता र ८ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी १९ वटा पहिरोका घटना भएका छन् । यस्तै ९ वटा आगलागी, ८ वटा सर्पदंश, ३ वटा वन्यजन्तु आक्रमण, २ वटा बाढी र १–१ वटा चट्याङ तथा हावाहुरीका घटना भएका छन् ।

विपद्का घटनाबाट ३०२ परिवार प्रभावित भएका छन् । साथै १५ वटा चौपाया क्षति भएको र ७ स्थानमा सडक अवरुद्ध भएको बुलेटिनमा उल्लेख छ । घटनाका कारण करिब ३३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्रभावित जिल्लाको संख्या ४४ रहेको छ । सर्पदंशका घटनाले ८ जिल्ला प्रभावित भएका छन् भने पहिरोका घटनाले १४ जिल्लामा असर पुर्‍याएको छ । मनसुन सक्रिय रहेकाले प्राधिकरणले बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ३ : १५ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको