वर्षा रोकिएपछि यस्तो देखियो काठमाडौं (तस्बिर) « Khabarhub

वर्षा रोकिएपछि यस्तो देखियो काठमाडौं (तस्बिर)


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ । यसकै कारण काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । काठमाडौँको मौसम बुधबार बिहानैदेखि अघिल्ला दिनभन्दा खुलेको छ ।

निरन्तरको वर्षाले काठमाडौंबासीको जनजीवन प्रभावित बनेको थियो । उपत्यकाका केही ठाउँ डुबानमा परेका थिए भने केही ठाउँमा सडक नै भासिएको थियो । 

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको प्रभाव रहेकाले पानी पर्ने सम्भावना अझै छ । आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशभर मेघगर्जनसहित मध्यम र भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

देशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । आगामी तीन दिनसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ ।

ती क्षेत्रमा हुनसक्ने गेग्य्रान, बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ । 

जगडोल, हलचोक, ह्वाइट गुम्बा क्षेत्रबाट आज काठमाडौं कस्तो देखिएको छ ? तस्बिरमा हेर्नुहोस् : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ४ : ०७ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको