एनसीसी बैंकको नाफा र निक्षेप घट्यो, खराव कर्जा समेत उच्च « Khabarhub

एनसीसी बैंकको नाफा र निक्षेप घट्यो, खराव कर्जा समेत उच्च


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्य वाणिज्य बैकहरुको नाफा बढेको तथ्याङ्क सार्वजनिक भइरहेका बेला कुनै बेलाको समस्याग्रस्त बैंकका रुपमा राष्ट्र वैंकले हस्तक्षेप गरेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ ।

बैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा २०.१६ प्रतिशतले घटेको छ । पहिलो तीन महिनामा ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएपनि अघिल्ल्ओ आर्थिक वर्ष भने बैकले ४२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले पहिलो तीन महिनामा ६६ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको र ६३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रबाह गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप समेत एक अर्ब एक करोडले घटेको छ तर कर्जा भने २ अर्ब ७ करोड रुपैयाँ बढेको छ । बैकका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ६७ अर्ब ३ करोड निक्षेप संकलन गरी ६१ अर्ब १३ करोड रुपैयाा कर्जा प्रवाह गरेको थियो ।

८ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैकको खराव कर्जा समेत २.८७ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : १५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी