छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन « Khabarhub

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपबारे भइरहेको छानबिनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा प्रचारबाजी नगर्न विद्यालयले आग्रह गरेको छ ।

विद्यालयले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय एस–के–एन कन्फेसन एन्ड मिम नामक सामाजिक सञ्जाल समूहबाट विद्यालयका गतिविधिसम्बन्धी सामग्री सार्वजनिक भइरहेका विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा शिक्षक-कर्मचारीबाट भएका कमी–कमजोरी सार्वजनिक गरी विद्यालय सुधारमा सहयोग गर्ने कार्यको स्वागत गर्दै पीडितले निष्पक्ष न्याय पाउनुपर्ने र दोषी ठहरिने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्ने उल्लेख गरिएको छ ।

विद्यालयका अनुसार आरोप लागेका शिक्षक–कर्मचारीलाई तत्काल निलम्बन गरी सम्बन्धित निकायबाट निष्पक्ष छानबिनका लागि आवश्यक सहयोग गरिँदै आएको छ । सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया पनि सुरु गरिसकेको विद्यालयले जनाएको छ ।

तर छानबिनको निष्कर्ष नआउँदै प्रमाण र तथ्यबिनै निर्दोष शिक्षक–कर्मचारीमाथि आरोप लगाउने, उनीहरूको मान–मर्यादामा आँच पुर्‍याउने तथा विद्यालयको वर्षौंदेखिको प्रतिष्ठामाथि प्रहार गर्ने गतिविधि भइरहेको भन्दै विद्यालयले त्यसप्रति दुःख व्यक्त गरेको छ।

विद्यालयले यस्ता गतिविधि दोहोर्याएर अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि काम नगर्न सबैमा अपिल गरेको छ ।

साथै विद्यालयसँग सम्बन्धित कुनै गुनासो वा सुझाव भए विद्यालय प्रशासन, गुनासो सुनुवाइ समिति, विद्यालय व्यवस्थापन समिति, सुन्दरहरैँचा नगरपालिकाको शिक्षा शाखा वा स्थानीय प्रहरी प्रशासनमा सुरक्षित रूपमा जानकारी गराउन अनुरोध गरेको छ।

विद्यालयले विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ र वडा प्रतिनिधिसहित पाँच सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरिएको जानकारी दिँदै सम्बन्धित व्यक्तिले त्यहाँ आफ्ना गुनासा दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

विज्ञप्तिमा अभिभावक, बुद्धिजीवी, समाजसेवी, स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिलाई धैर्य अपनाउन आग्रह गर्दै विद्यालय सञ्चालन भएपछि विद्यार्थीलाई निर्धक्क रूपमा पठनपाठनमा सहभागी गराउन सहयोग गर्न पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ९ : ०४ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी