प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै « Khabarhub

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहान साढे ११ बजे बस्ने बैठकमा अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा छलफल छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रिका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन् ।

नेपाल अर्ग्यानिक सङ्घ जैविक (अर्गानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनमा क्रियाशील संस्था हो ।

प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उनीहरुको भोगिरहेका समस्या, सुझाव र जायज मागका आधारमा आवश्यक नीतिगत सहजीकरण तथा समाधानका पहल गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १० : २७ बजे

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक