जाडोमा तोरीको तेलले पुर्‍याउँछ यस्तो फाइदा (५ टिप्स )  | Khabarhub Khabarhub

जाडोमा तोरीको तेलले पुर्‍याउँछ यस्तो फाइदा (५ टिप्स ) 


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भान्सादेखि पूजाआजा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिमाझ लोकप्रिय छ ।

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन र मिनरल पाइदैन ।

एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । यसले मानव शरीरमा धेरै प्रकारका फाइदाहरु पुर्‍याउने गर्दछ । तोरीको तेलको फाइदा निम्न छन् :

१. चिसोमा उपयोगी तोरीको तेलमा शरीरलाई तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्ने काम गर्छ । रुघामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिदाँ रुघा निको हुन्छ र घाँटी सफा हुन्छ ।

२. बाहिरी दुखाईमा उपयोगी तोरीको तेलले नियमित मसाज गर्दा शरीरमा रक्त सञ्चार बढाई शरीरका बाहिरी दुखाईलाई कम गर्छ । यसले जोर्नी दुख्ने र बाथको समस्याका लागि समेत उपयोगी हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाई कम गर्छ ।

३. क्यान्सरमा उपयोगी तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । तोरीको तेलमा हुने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

४. मुटुरोगका लागि लाभदायी तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त पाइन्छ । यसमा ओमेगा थ्री र ओमेगा सिक्स फ्याटी एसिड पनि हुन्छ । फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्‍याउँछन् ।

५. शरीरका लागि फाइदा तोरीको तेलले मसाज गर्दा रक्त सञ्चार प्रणाली, पसिनाका ग्रन्थीसहित पाचन प्रणालीमा समेत राम्रो फाइदा पुर्‍याउँछ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्दा शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो हुने गर्दछ ।

यसका साथै तोरीको तेलले दम रोगका बिरामीलाई स्वास फेर्न सहज बनाउने, मष्तिष्कको कार्यक्षमता बढाउने, दाँत सेतो पार्ने, छाला स्वस्थ बनाउने, छाला सुख्खा हुन नदिने, कपाल झर्नबाट जोगाउने, कपाल फुल्न नदिने लगायतका फाइदा हुने गर्दछ । ताेरीको तलका नाममा बजारमा पाइने तेलहरुबाट भने सावधानी रहनुपर्छ । शुद्ध तोरीको तेल  मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ०७ बजे

ओलीले भने- शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर– यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा