झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन « Khabarhub

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लाभर गत आर्थिक वर्ष  २०८२-८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन् । उक्त अवधिमा चैते धान ८९ हजार ६५५ दशमलव ३०,  वर्षे धान तीन लाख ७७ हजार ५३४ दशमलव ३५, मकै दुई लाख ८३ हजार १८७ दशमलव ८८, कोदो ८६९ दशमलव ४७, फापर तीन हजार ७५८ दशमलव ७०, गहुँ छ हजार ४१९ र  जौ ८ दशमलव १० मेट्रिक टन उत्पादन भएको थियो ।  

आव २०८२-८३ मा एक लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । अघिल्लो आव २०८१-८२ मा  एक लाख ४५ हजार ३२६ दशमलव ०६ हेक्टरमा खेती गरी आठ लाख ५२ हजार २०८ दशमलव २५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।

एक वर्षको अवधिमा खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ भने उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १२ : ३१ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी