आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव, फाट्टफुट्ट पानी पर्न सक्ने « Khabarhub

आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव, फाट्टफुट्ट पानी पर्न सक्ने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमाली क्षेत्रमा सामान्य हिमपात बाहेक आज देशभरको मौसम सफा रहने जल तथा मौसमन पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मध्य पहाडी भु-भागमा आंशिक बदली हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । त्यस्तै साँझपख भने पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका केही स्थानको मौसममा असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणाली बनेको छ । दक्षिण–पश्चिम बंगालको खाडीबाट मध्य–पूर्वी बंगालको खाडीसम्म न्यून चापीय रेखा कायम छ ।

यसैगरी भारतको राजस्थानमा न्यून चापीय प्रणाली विकशित भएकाले यी मौसमी प्रणालीको प्रभाव नेपालमा परेको हो । हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । आइतबार दिनभर पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १ गते (आइतबार)

दिउँसो: देशका पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, मध्य पहाडी भु-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।

राति: देशका पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मंसिर २ गते (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मंसिर ३ गते (मंगलबार)

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ५२ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको