रोजर फेडेररलाई सेमिफाइनल मै हराएर स्टेफानोसले दिए चुनौती « Khabarhub

रोजर फेडेररलाई सेमिफाइनल मै हराएर स्टेफानोसले दिए चुनौती


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजर फेडेररलाई सेमिफाइनल मै हराएर स्टेफानोस सिट्सिपासले चुनौती दिएका छन् । यही चुनौतीसँगै एटिपी फानल्स टेनिसको उपाधिका लागि स्टेफानोस सिट्सिपास र डोमिनिक थिएमबिच प्रतिस्पर्धा हुने भएको छ ।

२१ वर्षका ग्रिक खेलाडी स्टेफानोसले ६ पटकका विजेता रोजर फेडेररलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेका हुन् । लण्डनमा भएको खेलमा स्टेफानोसले ३८ वर्षका स्वीस खेलाडी फेडेररलाई ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

अर्को सेमिफाइनलमा साबिक विजेता एलेक्जान्डर स्भेरेभ पाँचौँ बरियताका डोमिनिक थिएमसँग पराजित भए । अस्ट्रियन थिएमले स्भेरेभलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

२६ वर्षका थिएम र २१ वर्षका स्टेफानोस दुवैका लागि एटिपी फाइनल्सको उपाधि उनीहरुको खेल जीवनको सबैभन्दा ठूलो सफलता बन्ने छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ५७ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने