युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते « Khabarhub

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । ड्रोन प्रविधि प्रदर्शन भइरहेको किभस्थित एक प्रदर्शनीस्थलमा मात्रै रुसले प्रहार गरेको ब्यालिस्टिक मिसाइल आक्रमणबाट १० जनाको मृत्यु भएको हो।

यस्तै, पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। उत्तरी सुमी शहरमा पनि शनिबार बिहान दुई जनाको मृत्यु भएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका नुसार रक्षा क्षेत्रका प्रमुख व्यक्तिहरूको सहभागिता रहेको सो प्रदर्शनीमा भएको आक्रमणमा करिब एकसय जना घाइते भएका छन्।

शुक्रबार साँझ जेलेन्स्कीले रुसले अर्को ठूलो मिसाइल आक्रमणको तयारी गरिरहेको र त्यो ४८ घण्टाभित्र हुन सक्ने गुप्तचर सूचना पाएको बताएका थिए।

युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार किभ नजिकको आक्रमणमा रुसले तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो, जसमध्ये एउटा मात्रै युक्रेनी वायु प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको थियो।

उता, रुसले आक्रमणको पुष्टि गरेको छ। रुसी रक्षा मन्त्रालयले रुसभित्रका नागरिक क्षेत्रहरूलाई निशाना बनाउन प्रयोग गरिने ड्रोनहरूको प्रदर्शन भइरहेको स्थानमा अत्याधुनिक दूरगामी हतियार प्रयोग गरिएको जनाएको छ ।

सन् २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता यस्तो प्रकारको प्रदर्शनीमा आक्रमण भएको यो कम्तीमा तेस्रो पटक हो ।

यसैबीच, युक्रेनले शुक्रबार रुसको किरोभ शहरस्थित एउटा सैन्य उद्योगमा आक्रमण गर्दा ६ जनाको मृत्यु भएको र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ। युक्रेनले रुसको सबैभन्दा ठुलो अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका गोदामहरूमा पनि ड्रोन आक्रमण गरेको थियो।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ८ : ५१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया