श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल « Khabarhub

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको प्रभावमा रहेको टिप्पणी गरेका छन् । उनले यस्ता आधारमा उदाएका राजनीतिक शक्तिको उदय छिटो हुने भए पनि त्यस्तै छिटो पतन हुने दाबी गरे।

शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा बालेन नेतृत्वको राजनीतिक शक्ति खडा भएको उल्लेख गर्दै दीर्घकालीन रूपमा यस्ता प्रवृत्तिले स्थायित्व दिन नसक्ने बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा वर्तमान राजनीतिक शक्तिहरू असफल भए पनि जनमत स्वतः पुरानै दलतर्फ फर्किन्छ भन्ने सोच राख्न नहुने धारणा व्यक्त गरे। जनविश्वास कायम राख्न राजनीतिक दलहरूले आफ्ना कार्यशैली र दृष्टिकोणमा समयानुकूल सुधार गर्नुपर्ने उनको भनाइ थियो।

महासचिव पोखरेलले नेपालको वामपन्थी आन्दोलनमा अनुभवी र नयाँ पुस्ताको सहकार्य आवश्यक भए पनि पछिल्लो समय पुराना नेताहरूको मात्र प्रभाव देखिएको र परिवर्तनका संवाहक मानिएका युवाहरूको सहभागिता घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

युवापुस्तालाई वामपन्थी आन्दोलनसँग जोड्न परम्परागत विचार र भाषाशैली मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले सूचना प्रविधिमैत्री सोच, आधुनिक वैचारिक धरातल र नयाँ राजनीतिक संवादको आवश्यकता औंल्याए।

उनले श्रमजीवी तथा मजदुर वर्गलाई रूपान्तरणको आन्दोलनसँग प्रभावकारी रूपमा जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त रूपमा उदाउन सक्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ६ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया