बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी « Khabarhub

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी थालिएको छ । चीनबाट आयात गरिएको विद्युतीय गाडी (इभी) शनिबार साँझ रसुवाको भोटेकोसीमा खस्दा चालक बेपत्ता भएका थिए ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार दुर्घटनामा कालिका गाउँपालिका–३ का २२ वर्षीय सविन तामाङ बेपत्ता भएका हुन् ।

भन्सार जाँच पास गरी काठमाडौं लैजाँदै गरिएको उक्त इभी गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित चलिमे जलविद्युत् केन्द्र अगाडि सडकबाट भोटेकोसीमा खसेको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि गृहमन्त्री सुदन गुरुङसहित जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थल पुगेका थिए । 

राति १० बजेसम्म दुर्घटनास्थलदेखि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–२१६ को ड्याम क्षेत्रसम्म ड्रोनसमेत प्रयोग गरेर खोजी गरिएको भए पनि गाडी र चालकको अवस्था पत्ता लाग्न सकेन ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार आइतबार बिहानदेखि सुरक्षा निकायले पुनः खोज तथा उद्धार कार्य जारी राखेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १२ : ४१ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि