लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म « Khabarhub

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म ‘ड्रिम्स’ बाट डेब्यू गरेकी नायिका हुन्– साम्राज्ञी आरएल शाह ।

त्यसकारण उनलाई लाइम लाइटमा आउन कुनै कष्ट नै भएन । डेब्यू फिल्म गरेको दुई वर्षमै उनको व्यस्तता स्थापित नायिकाको भन्दा कम भएन । सन् २०१८ मा त उनले चार फिल्म गर्न भ्याइन् ।

तर, फिल्म पाउनु मात्रै ठूलो कुरो होइन । आफ्नो डिमान्डलाई कायम राख्न सक्नु कलाकारिताको बलियो पक्ष हो । साम्राज्ञी पनि यसमा चुकिन् ।

लगातार फिल्म हुन फ्लप थाले । ठूलो पर्दामा साम्राज्ञीको उपस्थिति पनि पातलो हुँदै गयो ।

साम्राज्ञीको फिल्म प्रदर्शनमा नआएको ठ्याक्कै दुई वर्ष भयो । यो बीचमा उनले एक फिल्मको छायाङ्कन भ्याएकी छन् । तर, त्यो फिल्म कहिले प्रदर्शनमा आउने हो टुंगो छैन ।

अहिले उनले नयाँ फिल्म ‘एक्का मिस्सी बादशाह’ साइन गरेकी छन् ।

किन हराइन् साम्राज्ञी ?

सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लन्डन’ साम्राज्ञी स्टारर ठीकठाक व्यापार गर्ने फिल्म हो । त्यसपछि उनका फिल्मलाई फ्लपकै ट्याग लागेको छ ।

अर्को, कुरा उनले दर्शकलाई दुई वर्षदेखि ठूलो पर्दामार्फत् भेट गरेकी छैनन् ।

साम्राज्ञी पनि फिल्मसँग दूरी बढेजस्तो देखिएकी स्वीकार गर्छिन् । तर, प्रस्ताव नै नआएको भने होइन भन्ने उनको तर्क छ ।

भन्छिन्, ‘म क्वालिटीको काम गर्छु भनेर बसेको हुँ । यो बीचमा धेरै फिल्मको अफर आयो तर, मन छुने क्यारेक्टरको प्रस्ताव नै आएन ।’

‘लन्डन टू पेरिस’, ‘ह्यारिकी प्यारी’, ‘तिम्रो मेरो साथ’ जस्ता फिल्म गरेकी साम्राज्ञीले ‘क्वालिटी फिल्म गर्छु’ भन्ने दाबी गरेको आफैँमा हाँस्यास्पद छ ।

तथापि, उनी ग्रान्ड कमब्याको तयारीमा रहेको देखिन्छ । फिल्म घोषणा पनि तामझामकै साथ गरिएको थियो । यसले उनले ठूलै बजेको फिल्म गर्न लागेको संकेत दिन्छ ।

व्यक्तिगत लफडा

साम्राज्ञी यसबीचमा घरबार बसाउन पनि केन्द्रित देखिइन् ।

गत मंसिरमा उनले एक युवकसँग इन्गेजमेन्ट गरेको फोटो सार्वजनिक गरी फ्यानलाई सरप्राइज दिएकी थिइन् ।

फ्यान उनको फोटोले भन्दा एक युवतीको भिडियो सन्देशले सरप्राइज भए । जहाँ ती युवतीले भनेकी थिइन्, ‘मेरो घरबार टुट्नुको कारण साम्राज्ञी हुन् । उनले मेरो बच्चाको बाबुसँग इन्गेजमेन्ट गरेकी हुन् ।’

सारिता सुब्बा नामकी ती युवतीले आफ्नो श्रीमान्सँग साम्राज्ञीले बेड सेयर गरेपछि आफूहरूको डिभोर्स भएको दाबी गरेकी थिइन् ।

पछि साम्राज्ञीले ‘कानुनी रुपमा डिभोर्सी’ पुरुषसँग इन्गेजमेन्ट गरको स्पष्टीकरण दिएकी थिइन् । त्यस समयले उनले इन्स्टाग्राम प्राइभेटसमेत गर्नुपर्‍यो ।

८ वर्ष हिट फिल्म नदिएको र व्यक्तिगत कन्ट्रोन्भर्सीपछि उनले फिल्म ‘एक्का मिस्सी बादशाह’ साइन गरेकी हुन् ।

साम्राज्ञी भन्छिन्, ‘यो फिल्ममा दर्शकले मलाई केही फरक, साहासिक र बोल्ड भूमिकामा देख्न पाउनुहुन्छ ।’

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ५९ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा