किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण « Khabarhub

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं ड्रोन उत्पादन गर्ने केन्द्रहरू नष्ट गरेको जनाएको छ। उता ओडेसा क्षेत्रका युक्रेनी सेनाले प्रयोग गर्ने इन्धन भण्डार ध्वस्त पारेको दाबी रुसले गरेको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार आक्रमणको मुख्य निशानामध्ये एक स्मार्ट इन्टेलिजेन्ट सिस्टम्स नामक कम्पनी थियो।

उक्त कम्पनीले विभिन्न प्रकारका ड्रोन, तिनका फ्युजलेज, विद्युतीय उपकरण, नेभिगेसन प्रणाली, अप्टिकल उपकरण र ब्याट्री उत्पादन गर्दै आएको मन्त्रालयको दाबी छ।

मन्त्रालयले किभको दक्षिणपश्चिम क्षेत्रमा रहेको अर्को ड्रोन संयोजन तथा भण्डारण केन्द्र पनि आक्रमणमा परेको जनाएको छ। त्यहाँ अमेरिकी-युक्रेनी संयुक्त कम्पनीका प्राविधिकहरूले प्रत्येक महिना करिब एक हजार ड्रोन उत्पादन गर्ने गरेको रूसको दाबी छ।

त्यहाँ एक्यू-४०० स्क्याथे, एक्यू-१०० बायोने आक्रमणकारी ड्रोन तथा आरक्यू-१०० स्काउट निगरानी ड्रोन निर्माण हुने दाबी रुसले गरेको समाचार आरटीले छापेको छ।

ओडेसामा इन्धन भण्डार नष्ट भएको दाबी

रुसी रक्षा मन्त्रालयका अनुसार ओडेसा क्षेत्रको चेर्नोमोर्स्क बन्दरगाहस्थित इन्धन तथा लुब्रिकेन्ट भण्डारण ट्यांकीहरू पनि आक्रमणमा नष्ट भएका छन्। ती भण्डार युक्रेनी सेनालाई आपूर्ति गर्न प्रयोग भइरहेको मन्त्रालयको भनाइ छ।

किभमा आगलागी, तीन जना घाइते

युक्रेनी स्थानीय अधिकारीहरूका अनुसार आक्रमणपछि किभका तीन जिल्लामा आगलागी भएको छ।

डेस्नियान्स्की जिल्लामा एउटा गोदाम, १० वटा कार र एउटा ट्रक जलेका छन् भने सोलोमेन्स्की जिल्लाको एक गैरआवासीय भवनमा आगलागीसँगै संरचनात्मक क्षति पुगेको बताइएको छ।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले रुसले आठ वटा मिसाइल र १३६ वटा विभिन्न प्रकारका ड्रोन प्रहार गरेको दाबी गरेका छन्।

उनका अनुसार आक्रमण रुसले दाबी गर्ने खेरसोन, जापोरिझ्झिया र डोनेट्स्क क्षेत्रका साथै युक्रेनका ड्निप्रोपेत्रोभ्स्क, खार्किभ, सुमी, मिकोलाइभ र चेर्निहिभ क्षेत्रमा पनि केन्द्रित थियो।

जेलेन्स्कीले अधिकांश लक्ष्य निष्क्रिय पारिएको दाबी गरे पनि सबै आक्रमण रोक्न नसकिएको र राजधानीमा भएको ब्यालिस्टिक मिसाइल आक्रमणमा तीन जना घाइते भएको बताएका छन्।

युक्रेनी वायुसेनाको दाबी

युक्रेनी वायुसेनाका अनुसार रातभरको आक्रमणमा एउटा केएच-५९/६९ क्रुज मिसाइल, सात वटा इस्कान्डर–एम/केएन-२३ ब्यालिस्टिक मिसाइल र एक सयभन्दा बढी ड्रोन प्रयोग गरिएको थियो।

वायुसेनाले एक क्रुज मिसाइल, पाँच ब्यालिस्टिक मिसाइल र १०४ ड्रोन निष्क्रिय पारेको दाबी गरेको छ। तर दुई ब्यालिस्टिक मिसाइल र २७ ड्रोनले १८ स्थानमा क्षति पुर्‍याएको तथा खसालिएका लक्ष्यका भग्नावशेष सात अन्य स्थानमा खसेको जनाएको छ।

रुसको भनाइ

युक्रेनले आफ्नो नागरिक तथा महत्वपूर्ण पूर्वाधारमाथि लामो दूरीका आक्रमण गरेपछि त्यसको जवाफस्वरूप रक्षा उद्योगसँग सम्बन्धित संरचनाहरूलाई निशाना बनाइरहेको रुसले जनाएको छ। आफूले सर्वसाधारणलाई लक्षित गरेर आक्रमण नगर्ने दाबी पनि रुसले दोहोर्‍याएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ४६ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी