भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग « Khabarhub

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि कूटनीतिक तथा कानुनी पहल गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गरेको विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिका निवासी किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय जेलमा रहेको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कांग्रेसका अनुसार बजारमा समयमै रासायनिक मल नपाएपछि ती दुई किसान सीमावर्ती भारतीय बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरेर नेपाल फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका हुन् । उनीहरूलाई विगत २० दिनदेखि भारतको बिहार राज्य अन्तर्गत सीतामढीको डुमरास्थित जेलमा राखिएको बताइएको छ ।

विज्ञप्तिमा ती किसानले व्यावसायिक कारोबारका लागि नभई आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले दुई बोरा मल खरिद गर्न गएको उल्लेख गर्दै परिवार र स्थानीय समुदायसँग जानकारी लिएर घटनाको वास्तविकता बुझ्ने प्रयास गरिएको जनाएको छ ।

कांग्रेसले दुई बोरा मल खरिद गर्न बाध्य भएका किसान जेलमा रहँदा नेपालमा मल गोदाममै थन्किएको अवस्था विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ । “मल गोदाममा, किसान जेलमा” भन्ने अवस्था अत्यन्त दुःखद भएको कांग्रेसको भनाइ छ ।

पार्टीले सरकारलाई उनीहरूको रिहाइका लागि व्यवहारिक, कूटनीतिक र कानुनी प्रक्रियामार्फत तत्काल पहल गर्न आग्रह गरेको छ । साथै भारत सरकारसमक्ष पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै खेतीका लागि मल खरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई अविलम्ब रिहा गर्न अनुरोध गरेको छ ।

नेपाली कांग्रेसले नेपाल–भारत सम्बन्ध केवल दुई सरकारबीच सीमित नभई दुई देशका जनताबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयलाई सोही भावनाअनुसार समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया