देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ « Khabarhub

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसहितको टोलीले गृहमन्त्रीलाई भेटेको छ।

देवानगञ्ज घटनाबाट उत्पन्न जटिलताले हुन सक्ने सम्भावित दुर्घटना रोक्न आग्रहसहित रास्वपा सचेतक प्रकाशचन्द्र परियार नेतृत्वको टोलीले गृहमन्त्री सुधन गुरुङलाई भेटेर ध्यानाकर्षण गराएको हो।

उक्त टोलीले घटनाको हुनुको पृष्ठभूमिसहित अब सरकारले लिनुपर्ने विशेष निर्णयका लागि आवश्यक सुझाव र स्थानीय जानकारी पनि दिएको रास्वपा नेतासमेत रहेका पत्रकार वीरेन्द्र केएमले बताए ।

‘देवानगञ्ज घटनाको विषयमा गृहमन्त्रीले आफू जानकार रहेको र अब आइन्दा कहिले पनि उक्त क्षेत्रमा हिन्दु-मुस्लिमका नाममा घटना नहुने गरि मन्त्रालयबाट अनुसन्धान भइरहेको हामीसँग बताउनु भएको छ’, उनले भने, ‘मन्त्रालयले उच्चस्तरीय छानबिन समितिसहित र प्रधानमन्त्री बालेन शाहसँग भेटेर आफूले विशेष निर्णय घोषणा गर्न लागेएको हामीसँग बताउनुभयो ।’

यसअघि नै सुनसरीका बासिन्दा समेत रहेका परियारले देवानगञ्ज घटनाबारे बोल्दै सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १ : ५२ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा