सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू) « Khabarhub

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो झडपमा घाइते भएकासँग भेट गरेकी छन् ।

मंगलबार विराटनगरस्थित न्यूरो अस्पताल पुगेर उनले गृहजिल्ला सुनसरीमा भएको घटनाका घाइतेलाई भेटेकी हुन् । उनले घाइतेका अभिभावकलाई पनि भेटिन् ।

उपचारमा कुनै समस्या भए डाक्टरसँग समन्वय गर्न घाइतेका परिवारलाई उनले आग्रह गरेकी छन् । ‘सरकार तपाईंहरुसँगै छ । कुनै समस्या पर्‍यो भने यहाँ हाम्रो साथीहरू पनि हुनुहुन्छ । डाक्टर पनि हुनुहुन्छ । उहाँहरूलाई भन्नुहोला,’ उनले भनिन् ।

साउन १० मा दुई फरक समुदायबीच भएको विवादले उग्र रुप लिँदा एक जनाको मृत्यु भएको थियो । कम्मरमाथि गोली लागेका ९ जना उपचाररत छन् । घटनामा प्रहरीसहित २२ जना घाइते भएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : १५ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक