बढी शुल्क लिने मेडिकल कलेज विद्यार्थीको रगत चुस्ने लामुखट्टे – प्रधानमन्त्री « Khabarhub

बढी शुल्क लिने मेडिकल कलेज विद्यार्थीको रगत चुस्ने लामुखट्टे – प्रधानमन्त्री


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बढी शुल्क लिने मेडिकल कलेज विद्यार्थीको रगत चुस्ने लामखुट्टे भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालकलाई लामखुट्टटेको संज्ञा दिएका हुन् ।

सरकारले कर लागत अनुसार मेडिकल शिक्षाको शुल्क विद्धि गरेपनि मेडिकल कलेजले विद्यार्थीसँग बढी शुल्क लिएको बताए ।

‘सरकारले कर लागतलाई हेरेर पहिलाको रकममा मृत्यवद्धि गरे पनि त्यो भन्दा बढी रकम असुलेको देखिएको छ,’ प्रधानमन्त्री ओलीले भने, मेडिकल कलेजहरुले लामुखट्टे बनेर विद्यार्थीको रगत चुस्ने भाडो बनाएका छन् ।’

प्रधानमन्त्री ओलीले कर लागत अनुसार यसै आर्थिक वर्षदेखि मेडिकल शिक्षाको शुल्क वृद्धि गरिएको पनि जानकारी दिए ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएर विद्यार्थीमाथि ठगी भएको भन्दै विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन गरीरहेका थिए ।

विद्यार्थीको आन्दोलन पछि शिक्षा मन्त्रालयले मेडिकल कलेज सञ्चालकलाई सरकारले तोकेको भन्दा बढी शुल्क १५ दिनभित्र समायोजन वा फिर्ता गर्न अन्तिम निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेले कात्तिक २५ गते १५ दिनभित्र शुल्क फिर्ता गर्न अल्टिमेटम दिएका हुन् ।

उनले १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन नगरेर ठगी मुद्धामा कारबाही प्रक्रिया चलाउने चेतावनी समेत दिएका थिए । शिक्षा मन्त्री पोखरेलले दिएको अन्तिम अल्टिमेटम मंसिर १० गते सकिने छ ।

तर मेडिकल कलेजले भने शुल्क फिर्ता गर्ने भनेपनि अझै शुल्क फिर्ता नगरेको ठगीमा परेका विद्यार्थीहरुले बताएका छन् ।

‘चितवन मेडिकल कलेजले पहिलो ब्याजमा बढी शुल्क लिएका विद्यार्थीको दोस्रो ब्याजमा शुल्क समायोजन गरेको छ, गण्डकी मेडिकल कलेजलमा पनि पहिलो र दोस्रो वर्षका विद्यार्थीको शुल्क समायोजन गरेको छ ।

युर्निभर्सल मेडिकल कलेजमा पनि वार्तामा पहिलो वर्षकोसमायोजनको सहमती भइसकेको छ,’ गण्डकी मेडिकल कलेजमा विद्यार्थी अनित सिंन्हाले खबरहबसँग भने, ‘तर सबै कलेजहरुमा एमबीबीएसको दोस्रो, तेस्रो र चौथो वर्षमा ठगीमा परेका विद्यार्थीको शुल्क फिर्ताको विषय भने अझै अड्किएको छ । अर्को वर्ष पनि पढ्नेहरुको शुल्कमा समायोजन भएपनि अब फिर्ता हुनुपर्ने विद्यार्थीको भने फिर्ता भएको छैन ।’

गृह मन्त्रालयले बढी शुल्क लिएर फिर्ता नगरेका मेडिकल कलेजलाई कारबाही प्रक्रिया अघि बढाउन पत्राचार समेत गरीसकेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ०२ बजे

सरकारले नेपाललाई किन गरिबकै सूचीमा राख्न चाहेको हो ?

काठमाडौं- सरकारले नेपाललाई कम विकसित मुलुक (एलडीसी)कै सूचीमा राखिरहने व्यवस्था

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

नयाँ दिल्ली- अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता

नयाँ दिल्ली- भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ

बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा