वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत « Khabarhub

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत भएका छन्।

बुधबार काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा बसेको केन्द्रीय समिति बैठकले वालेन्द्रलाई चितवनमा भएको पहिलो महाधिवेशनको निर्णयअनुसार वरिष्ठ नेतामा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा पनि मनोनयन नदिएका वालेन्द्र चितवन महाधिवेशनमा सर्वसम्मत वरिष्ठ नेता बनाउने निर्णय भएको थियो । त्यही निर्णयअनुसार सभापति रवि लामिछानेले बुधबारको बैठकबाट उनलाई वरिष्ठ नेतामा मनोनीत गरेका हुन्।

उता उपसभापतिसहितका विभिन्न पदमा अझै निर्णय आउन बाँकी छ। रास्वपाको पहिलो महाधिवेशन २०८३ असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। तर महाधिवेशनको डेढ महिनापछि मात्रै रास्वपा केन्द्रीय कमिटीलाई पूर्णता दिन लागिएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ७ : ०३ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो