जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै « Khabarhub

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, सन् २०२६ जनवरी १ सम्म जापानी नागरिकको सङ्ख्या ११ करोड ९७ लाख ३६ हजार ४८३ मा झरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा नौ लाख १७ हजारले घटेको हो । सन् १९६८ देखि तुलनायोग्य तथ्याङ्क राख्न थालिएयता यो अहिलेसम्मकै ठूलो वार्षिक गिरावट हो ।

जापानका ४७ प्रिफेक्चर ९प्रशासनिक क्षेत्र०मध्ये टोकियोमा मात्र जापानी नागरिकको जनसङ्ख्या ०।०९ प्रतिशतले बढेको छ ।यसैबीच, जापानमा विदेशी बासिन्दाको सङ्ख्या तीन लाख ५४ हजारले बढेर ४० लाख ३१ हजार १५९ पुगेको छ । सन् २०१३ देखि तथ्याङ्क राख्न थालेयता यो विदेशी बासिन्दाको सबैभन्दा ठूलो सङ्ख्या हो ।

विदेशी बासिन्दासमेत समेट्दा जापानको कुल जनसङ्ख्या १२ करोड ३७ लाख ६७ हजार ६४२ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब पाँच लाख ६३ हजारले कम हो ।

तथ्याङ्कअनुसार टोकियो, चिबा र ओसाका प्रिफेक्चरमा मात्र कुल जनसङ्ख्या वृद्धि भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : ३९ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो