मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन « Khabarhub

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

पछिल्लो समय मधेसमा देखिएका विभिन्न हिंसात्मक गतिविधि र अशान्तिप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई दशकौँ पछाडि धकेल्ने उल्लेख गरेका छन् । साथै उनले हिंसा र जातीय द्वन्द्वले कसैको भलो नगर्ने जनाएका छन् ।

सांसद सिंहले पटकपटकका आन्दोलन, जातीय तथा धार्मिक द्वन्द्वलगायत गतिविधिले मधेसको भौतिक संरचना भत्काउने, शैक्षिक सत्र अवरुद्ध हुने र व्यापार–व्यवसाय ठप्प हुने जस्ता समस्या पैदा गरेर मधेसमैथि नै ठूलो धक्का पुर्याउने गरेको स्पष्ट पारेका छन् ।

सांसद सिंहले शान्ति विरोधी तत्त्व जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरू मधेसको विकासको विरोधी भएको ठहर गर्दै त्यस्ता व्यक्तिहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएका छन् ।

उनले समाजको शान्ति र सद्भाग खलबल्याउन खोज्ने व्यक्तिका पछाडि नलागि हिंसात्मक गतिविधि त्यागेर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीमा दीर्घकालीन विकासका लागि एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्– ‘म सम्पूर्ण मधेशवासी आमा बुवा दाजुभाइ दिदिबहिनी मा अपिल गर्न चाहन्छु कुनैपनि असमाजिक तत्व जस्ले एकजुट भएर बसेको समाजको शान्ति, सद्भाव खलबलाउने व्यक्तिको पछाडि नलाग्न अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै सामुदाय या वर्गको भए पनि त्यो मधेसको विकासको विरोधी हो र त्यास्तालाई समाजिक वहिष्कार गर्नुपर्छ।’

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १० : ३० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले