कांग्रेसले भन्यो- देवानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ « Khabarhub

कांग्रेसले भन्यो- देवानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ ।  

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसका प्रमुख सचेतक वासना थापाले उक्त घटनाको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र यसको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरिन् ।

उनले यस घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै कडा आलोचना गरिन्। प्रमुख सचेतक थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न समेत गरिन् ।

कसैको उक्साहट, अफवाह र घृणाको राजनीतिले सामाजिक सद्भाव भत्काउन नसक्ने भन्दै उनले सम्पूर्ण नेपालीलाई सहिष्णुता र शान्तिको पक्षमा एकजुट हुन आह्वान गरिन् । 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ११ : ३५ बजे

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी