अण्डामा किन रगतको थोप्ला हुन्छ ? खान मिल्छ कि मिल्दैन जानी राखौँ « Khabarhub

अण्डामा किन रगतको थोप्ला हुन्छ ? खान मिल्छ कि मिल्दैन जानी राखौँ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बिहानको नास्ताका लागि यदि कुनै खानेकुरा खोज्ने हो भने सबैभन्दा पहिला अण्डाकै नाम आउँछ । विश्वमा नै बिहानको नास्ताका लागि स्वस्थबर्धक नास्ताको विकल्पमा अण्डालाई लिइन्छ ।

अण्डा स्वस्थबर्धकमात्रै नभइ स्वादिलो पनि हुन्छ । यसलाई फ्राइ, अमलेट, करीलगायत जस्तो सुकै तरिकाबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । तर यति हुँदाहुँदै पनि हिजोआज प्रदुषण तथा मिसावटको प्रभाव हरेक चिजमा पर्न थालेको छ । र, यसमा अण्डा पनि अछुतो छैन ।

तपाईंले अण्डाको रानी अर्थात पहेलो भागमा रातो दाग वा रगतको थोपा जस्तो देख्नु भएको होला । मानिसहरुले यस्तो देखेमा बिग्रिएको अण्डा भन्ने ठानेर फाल्दिने गर्छन् । तर जानी राख्नुहोस्, अण्डामा यस किसिमको रगतको थोपा हुन्छ । रगत भन्ने बित्तिकै सबैलाई एक किसिमको त्रास हुन्छ । वास्तवमै यस्ता किसिमको अण्डा खानु हुन्छ त ?

कसरी आउँछ अण्डामा रगत

यदि तपाईंलाई अण्डा मन पर्छ भने यस्ता कुराले तपाईंको मनमा नकारात्मक सोच आउन सक्छ । तर वास्तविकता बुझ्ने हो भने अण्डामा रगतको थोप्ला हुन्छ नै । कुखुराको शरीरमा अण्डा विकास हुने प्रक्रियाको क्रममा प्राकृतिक रुपमा नै रगतको थोप्ला परेको हुन्छ ।

अण्डाको पहेलो भागमा देखिने रगतको थोप्ला प्राकृतिक रुपमा नै आउने भएकाले बिग्रिएको अण्डा भन्ने भ्रम त्याग्नुहोस् ।

के यस्ता अण्डा खान मिल्छ ?

धेरैजसो मानिस यस्ता अण्डालाई बिग्रिएको ठानेर फाल्दिने गर्छन् । युनाइटेड स्टेट्स डिपार्टमेन्छ अफ एग्रिकल्चर (युएसडीए) को एक रिपोर्टअनुसार यस्ता अण्डालाई राम्रोसँग पकाएर खाँदा हुनै असर गर्दैन । तर, राम्रोसँग नपकाउने हो भने साल्मोनेलोसिसको खतरा हुनेछ ।

जुन साल्मोनेला ब्याक्टेरियाका कारण हुन्छ । यसले पेटमा दुखाई, झाडापखला तथा रुघाँखोकी जस्ता विभिन्न स्वास्थ्यमा समस्या आउनेछ ।

अण्डा बिग्रिएको छ छैन यसरी थाहा पाउनुहोस्

तपाईं अण्डा राम्रो छ वा छैन भन्ने थाहा पाउन चाहनु हुन्छ भने त्यसलाई फुटाउनुहोस् । यदि अण्डाको रंग हल्का हरियो वा गुलाबी देखियो भने त्यसलाई नखानुहोस् । त्यस्तो अण्डा बिग्रिएको हुन्छ ।

अण्डा राम्रो छ वा छैन भन्ने जाँच गर्नलाई एउटा भाडो वा बोलमा चिसो पानी राख्नुहोस् । त्यसमा अण्डा हाल्नुहोस्, यदि अण्डा पानीमा डुब्यो भने खानलाई उपयुक्त छ भन्ने जान्नुहोस् । पानीमा अण्डा तैरियो भने बिग्रिएको छ भन्ने जान्नुहोस् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : २० बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त