मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे अब ट्राफिकले कारवाही गर्ने « Khabarhub

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे अब ट्राफिकले कारवाही गर्ने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ ।

लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ ।

लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लङ्घन विरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : ५९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार