पाकिस्तानमा पीटीआईद्वारा आगामी अगस्ट ५ देखि देशव्यापी आन्दोलनको घोषणा « Khabarhub

पाकिस्तानमा पीटीआईद्वारा आगामी अगस्ट ५ देखि देशव्यापी आन्दोलनको घोषणा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) ले पार्टीका संस्थापक तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ र अन्य मागहरू राख, आगामी अगस्ट ५ देखि देशव्यापी आन्दोलन सुरु गर्ने निर्णय गरेको छ। पूर्वप्रधानमन्त्री खान कारागारमा रहेको तीन वर्ष पूरा हुने दिनको अवसर पारेर यो आन्दोलनको घोषणा गरिएको हो।

राजधानीस्थित खैबर पख्तुनख्वा हाउसमा पार्टीका अन्तरिम अध्यक्ष ब्यारिष्टर गोहर अली खानको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले उक्त मितिमा आन्दोलन थाल्ने निर्णय गरेको हो। बैठकमा पार्टीको संसदीय मामिलालगायत समसामयिक विषयहरूमा छलफल भएको थियो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका महासचिव सलमान अक्रम राजाले अगस्ट ५ देखि सुरु हुने आन्दोलन अन्तर्गत देशैभर आमसभा, प्रदर्शन र लामो मार्च निकालिने जानकारी दिए। उनका अनुसार आन्दोलनका कार्यक्रमलाई अन्तिम रूप दिन महमूद खान अचक्जई र अल्लामा राजा नासिर अब्बाससँग पनि परामर्श लिइनेछ।

एक पत्रकार सम्मेलनमा बोल्दै ब्यारिष्टर गोहर अली खानले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको स्वास्थ्यस्थितिबारे पनि बैठकमा गम्भीर छलफल भएको बताए। उनले अदालतबाट इमरान खानले न्याय नपाएको आरोप लगाउँदै देशमा व्याप्त अन्याय र दमनको अन्त्य हुनुपर्नेमा जोड दिए।

यसैबीच, पीटीआईले संसदीय स्थायी समितिको बहिष्कार फिर्ता लिने भन्ने विभिन्न सञ्चार माध्यमका खवरहरू सत्य नभएको स्पष्ट पारेको छ। राष्ट्रिय सभामा पार्टीका चिफ ह्विप मलिक आमिरले स्थायी समितिप्रतिको बहिष्कारको निर्णय यथावत् रहेको र पार्टी आफ्नो अडानमा दृढ रहेको बताएका छन्।

संस्थापक अध्यक्ष इमरान खानकै निर्देशनमा सुरु भएको उक्त बहिष्कारको निर्णय भविष्यमा उनैको परामर्शपछि मात्र फेरबदल हुने उनले स्पष्ट पारे। अर्को एक विकासक्रम अनुसार, पीटीआईका तर्फबाट वकिल अवाइस युनुस चौधरीले जेलमा रहेका नेता इमरान खानसँग भेटघाट गराउन पार्टीका छ जना नेताहरूको नामसहितको नामावली अडियाला जेल प्रशासनसमक्ष बुझाएका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : १७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी