निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ « Khabarhub

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाट पाँच कम्पनीका ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ।

निगमका अनुसार आजदेखि काठमाडौँ उपत्यकामा नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका १४.२ केजीका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिहान ११:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म बिक्री–वितरण गरिनेछ।

निगमका प्रवक्ता मनोज ठाकुरले ग्यासको आपूर्ति नियमित रहेको र बजारमा अभाव नभएको दाबी गरे। उनका अनुसार गत जुलाई महिनामा करिब ४९ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको थियो भने साउन १ गतेदेखि १५ गतेसम्म उद्योगीहरूले थप २६.५ हजार मेट्रिकटन ग्यास आयात गरेका छन्।

‘ग्यासको अभाव होइन, मागअनुसार आपूर्ति भइरहेको छ। ७.१ केजीका सिलिण्डरबाट १४.२ केजीका सिलिण्डरमा ‘स्वीच’ हुँदा केही समयका लागि वितरणमा समस्या देखिएको हो,’ प्रवक्ता ठाकुरले भने। ‘बढीमा एक साताभित्र बिक्री–वितरण सहज हुने अपेक्षा गरेका छौँ।’

यद्यपि निगमले आपूर्ति नियमित रहेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभावको अवस्था देखिएको छ। अधिकांश बिक्रेताले उद्योगबाट पर्याप्त ग्यास नआएको भन्दै उपभोक्तालाई नाम दर्ता गरेर फर्काइरहेका छन्।

काठमाडौँको बालाजु क्षेत्रमा बसोबास गर्ने नवराज पोखरेलले केही दिनदेखि ग्यास नपाएको गुनासो गरे। ‘ग्यास पसलमा जाँदा उद्योगबाट ग्यास नआएको भन्दै नाम टिपाएर फर्काइयो। एक–दुई दिनमा ग्यास आएपछि घरमै पठाइदिने भनिएको छ,’ उनले भने।

निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित भइरहेको जनाउँदै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। साथै, बजारमा ग्यास अभावसम्बन्धी गुनासो बढेकाप्रति उद्योगीहरूको ध्यानाकर्षण गराउँदै सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।

घरायसी उपभोक्तालाई प्राथमिकता दिन, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर बिक्री–वितरण व्यवस्थित गर्न पनि निगमले बिक्रेतालाई अनुरोध गरेको छ। मागअनुसार दैनिक ग्यास आपूर्ति भइरहेको स्पष्ट पार्दै निगमले ग्यास नपाएमा आफ्नो हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  १२ : ५७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा