खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत « Khabarhub

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरणको मर्मत गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले एक साताको अवधिमा ती उपकरण मर्मत गरेको अस्पताल प्रशासनले जनाएको छ ।

क्यान्सर अस्पतालका निर्देशक डा. नीरज भट्टराईले मर्मत भएका उपकरण प्रयोगमा ल्याइएको जानकारी दिँदै केही उपकरण मर्मतका लागि सुझाव दिएकाले प्राविधिक टोलीले लिएर गएका बताए। 

“मर्मत भएका सबै उपकरण प्रयोगमा आएपछि बिरामीलाई सहज वातावरण निर्माण भएको छ”, उनले भने।

सो अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका आवश्यक उपकरणको मर्मत सम्भारका लागि साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्र र क्यान्सर अस्पतालबीच सम्झौता भएको थियो । 

अस्पतालका निर्देशक डा भट्टराईले सम्झौता भए लगत्तै आविष्कार केन्द्रका बायोमेडिकल टोली प्रमुख एवं इञ्जिनियर उमेश किरातीको नेतृत्वमा रहेका पाँच जना प्राविधिकको टोलीले बिग्रिएका उपकरणको मर्मत सम्भार गरेको जानकारी दिए ।

मर्मत सम्भार गरिएको उपकरणमा क्यान्सरसम्बन्धी रोग परीक्षण तथा उपचार गर्ने विभिन्न उपकरण रहेका छन् । ती उपकरणहरू मर्मत सम्भार भएर पुनःसञ्चालनमा आएपछि बिरामीको उपचार सहज र छिटो हुन थालेको उनको भनाइ छ । 

आविष्कार केन्द्रका इञ्जिनियर किरातले अस्पतालसँग केन्द्रको सम्झौता बमोजिम लामो समयदेखि बिग्रिएका विभिन्न उपकरणको आफूहरूले मर्मत सम्भार गरेको बताए। उनका अनुसार मर्मत सम्भार गरिएका उपकरणमा एक्सरे मेसिन दुई वटा, अल्ट्रासाउन्ड मेसिन एउटा, भेन्टिलेटर तीन वटा, एनेस्थेसिया मेसिन एउटा, केमो क्याबिनेट एउटा, माइक्रोस्कोप, ल्याप्रोस्कोपी टावरलगायत छन् । 

ल्याप्रोस्कोपी टावरको केही सामान यहाँ उपलब्ध नभएर बाहिरबाट मगाउनुपर्ने देखिएको पनि इञ्जिनियर किरातले बताए। सोही कारणले अस्पतालमा बिग्रिएको मेमोग्राफको पनि मर्मत सम्भारमा समस्या परेको उनको भनाइ छ । क्यान्सर अस्पतालमा रहेको अन्य दुई उपकरण मर्मतका लागि काठमाडौँ लगिएको छ । 

खजुराका स्थानीय अगुवा शिवराज श्रेष्ठले लामो समयदेखि बिग्रिएर थन्किएका अस्पतालका आवश्यक उपकरणको मर्मत सम्भार भएपछि अब बिरामीलाई साना परीक्षणका लागि पनि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । 

उनले सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई अझै बलियो र सुदृढ बनाउँदै देशभरि बिग्रिएका विभिन्न क्षेत्रका उपकरण मर्मत र नयाँ निर्माणमा सक्रिय बनाउनुपर्ने माग गरे। गतवर्ष भेरी अस्पतालमा १२ वटा विभिन्न उपकरण पनि मर्मत गरिएको थियो । 
 

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ४ : १५ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा